Aamsanchar

खर्चको जोहो गर्न काठका सामग्री बेच्दै राउटे समुदाय

Author Image
शुक्रवार, मंसिर ७, २०८१

कास्की-कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदायहरु अहिले चाडपर्व मनाउनका लागि पैसा उठाउँदै हिँड्ने गरेका छन् । उनीहरु परम्परागत पेशा भने काठका सामग्री बेचेर गुजारा चलाउने गर्छन् ।

पेशा सङ्कट परेसँगै जीवन धान्न मुश्किल भएपछि खर्चको जोहो गर्न ठाउँठाउँ पुग्ने गर्छन् । मुखिया शेरबहादुर शाहीको नेतृत्वमा सात जनाको टोली सुर्खोतबाट पोखरा आएका छन् । मङ्सिरमा गर्ने बडातिहारका लागि खर्च जुटाउन पोखरा आएको उहाँहरुको भनाइ थियो । ‘‘१० वर्ष पहिला पोखरा आएका थियौं फेरि आयौं । चाडपर्वको बेला खर्च जुटाउन आएका हौं । हेरौं यहाँको साथ कस्तो पाइन्छ,’’ मुखिया शाहीले भन्नुभयो । उहाँले चाडपर्वको बेला सातआठ वटा खसी काट्ने लगायतको खर्च हुनेहुँदा तीन चार लाख रुपियाँ आवश्यक भएको सुनाउनुभयो ।

राउटे समुदाय नेपालको लोपोन्मुख आदिवासी समुदाय हुन् । राउटे समुदायको घर नहुने डेरा हुने उहाँहरुको भनाइ छ । सुर्खेतमा उनीहरुको ४६ घरधुरी छ । त्यहाँ करिब २ सय राउटे छन् । यहाँ आएका राउटे समुदायले पोखरा महानगरपालिका र विभिन्न मन्त्रालयमा पुगेर सहयोगको याचना गरेका थिए ।

पोखरा महानगरपालिकाले २१ हजार, अर्थ मन्त्रालयले १५ हजार, सामाजिक विकास मन्त्रालयले ७ हजार रुपियाँ र विभिन्न व्यक्तिले पनि सहयोग गरेका छन् । उठेको रकम महामुखियालाई बुझाएर सबैलाई समान रुपमा बाँड्ने शाहीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 23

प्रतिक्रिया (०)

सम्बन्धित खबर