Aamsanchar

केउरीनी गाउँको दलित बस्तीमा ‘एक घर एक धारा’

Author Image
शुक्रवार, मंसिर ७, २०८१

ओखलढुङ्गा-ओखलढुङ्गा केउरीनी गाउँको दलित बस्तीमा ‘एक घर एक धारा’ खानेपानी सुविधा पुगेको छ । सिद्धिचरण नगरपालिका–२ ठुलाछापको केउरीनी दलित बस्तीका २८ घर परिवारको प्रत्येक घरमा खानेपानी सुविधा पुगेको हो ।

घर घरमा खानेपानीको सुविधा पुगे पछि स्थानीय हर्षित भएका छन् । सिद्विचरण नगरपालिका, वडा कार्यालय, सहास नेपाल र स्वयम् सेवी अभियान नेपालको करिब नौ लाख आर्थिक सहयोग र स्थानीयको जनश्रमदानमार्फत् खानेपानी आयोजना सम्पन्न भएको वडा अध्यक्ष बसन्त कटवालले बताउनुभयो ।

धेरै वर्ष अघि देखि खानेपानीको समस्या झेल्दै आएका केउरीनीका नागरिकलाई घर घरमा पानीको धारा पुर्याइएको वडा अध्यक्ष कटवालको भनाइ छ । खानेपानी आयोजनाको कोशी प्रदेश सांसद प्रदिप सुनुवारले उद्घाटन गर्नुभएको छ ।

जिल्लाको कतिपय स्थानहरुमा अझै पनि खानेपानीको चरम अभाव रहेकोले त्यसको समाधानका लागि पहल भइरहेको प्रदेश सांसद सुनुवारले बताउनुभयो। सोही अवसरमा नगरपालिकाले नागरिकका आवश्यक्तालाई मध्यनजर गरि नीति, कार्यक्रम र बजेट ल्याएकोले आगामी दिनमा खानेपानी र विद्युत लगायतका बाँकी काम द्रुत गतिमा हुने कार्यक्रमा सिद्धिचरण नगरपालिकाका उप–प्रमुख केदारबाबु बस्नेतले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 7

प्रतिक्रिया (०)

सम्बन्धित खबर