Aamsanchar

साउनयता दुर्गम क्षेत्रका ५५ जना गर्भवती तथा सुत्केरीको उद्धार

Author Image
आइतवार, मंसिर ९, २०८१

काठमाण्डौ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गएको साउनयता दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ५५ जना गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत उनीहरुको उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले ती गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जानकारी दिनुभयो । मन्त्रालयले सडक बालबालिकामुक्त नेपाल बनाउने अभियानअन्तर्गत पालिकासँग सडक बालबालिकाको तथ्याङ्क पनि माग गरेको छ । विभिन्न १० वटा पालिकाबाट ५६ जना सडक बालबालिकाको तथ्याङ्क आएकोमा राष्ट्रिय बालअधिकार परिषद्मार्फत पुनःस्थापना संरक्षण तथा व्यवस्थापनको कार्य प्रक्रिया अगाडि बढाएको छ ।

गएको असार ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार आउँदो २०८२ साल असार मसान्तसम्ममा नेपाललाई सडक बालबालिकामुक्त बनाउने अभियानअन्तर्गत सरोकारवाला र पालिकासँग समन्वय र सहकार्यमा काम भइरहेको मन्त्रालयले जनाएको छ ।

साउनयता एक हजार छ सय ८१ हराएका बालबालिकामध्ये एक हजार चार सय ४६ जना फेला पारी पारिवारिक पुनर्मिलन गरिएको मन्त्री सुडीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर