काठमाडौं – साताको पहिलो कारोबार दिन छापावाला सुनको भाउमा भारी वृद्धि भएको छ। साताको अन्तिम कारोबार दिन १५ सय रुपैयाँले बढेको सुनको भाउ आज १ हजार ७०० रुपैयाँले बढेको हो।
अमेरिकी राष्ट्रपति डो अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै घट्न थालेको सुनको भाउ मंसिर लागेयता उकालो यात्रामा लागेको छ।
मंसिर २ गते प्रतितोला एक लाख ६० हजार रुपैयाँ रहेको सुनको भाउ आज आज प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 63