Aamsanchar

विज्ञापन बोर्डले नेपाल क्रिकेट संघलाई किन लेख्याे पत्र ?

Author Image
आइतवार, मंसिर ९, २०८१

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण विदेशी प्रसारकलाई दिएको विषयमा नेपाल विज्ञापन बोर्डले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेखेको छ ।

नेपाल विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मणप्रसाद हुमागाईंले विदेशी टेलिभिजन च्यानलहरूको हकमा विज्ञापनरहित प्रसारण हुनुपर्ने कानुनी प्रावधान रहेको हुँदा क्यानको सम्झौता कानुनबमोजिम भए–नभएको भनि जवाफ पेसका लागि पत्र लेखेको बताए ।

“विदेशी च्यानलहरूको हकमा नेपालमा क्लिन फिडको प्रावधान छ । त्यसअनुसार क्यानले स्टार स्पोर्ट्ससँगको प्रसारण सम्झौतामा के कस्ता कुराहरू छन् थाहा पाउन हामीले सम्झौता वा एमओयू पेस गर्न भनेका छौँ । क्यानलाई जवाफ पेस गर्न सात दिनको म्याद राखेका छौँ,” हुमागाईंले  भने ।

यसअघि क्यानले स्टार स्पोर्ट्ससँग गरेको सम्झौता राष्ट्रहितविपरीत रहेको भन्दै नेपाल विज्ञापन संघ, राष्ट्रिय विज्ञापन संघ नेपाल र मिडिया अलाइन्स नेपालले संयुक्त रूपमा विरोध जनाएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर