Aamsanchar

आजको माैसम

Author Image
सोमवार, मंसिर १०, २०८१

काठमाण्डौ – आज दिउँसो कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागमा सामान्य बादल लागेर एक दुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण पहाडका केही ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

अहिले बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ भने बाँकी भू–भागमा मौसम सफा छ । तराईका केही ठाउँमा सामान्य हुस्सु लागेको छ ।

आज राति कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भुभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
शुक्रवार, पौष ५, २०८१
चार स्थानको तापक्रम माइनसमा
शुक्रवार, पौष ५, २०८१
आजको माैसम
मङ्गलवार, पौष २, २०८१