Aamsanchar

एनपीएलको ट्रफीमा राखिएको ढुंगाको सामाजिक सञ्जालमा चर्चा, किन राखियो ?

Author Image
सोमवार, मंसिर १०, २०८१

काठमाडौं – नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरेको छ । त्यससँगै ट्रफीमा राखिएको एक वस्तु चर्चाको विषय बनेको छ । क्यानले सार्वजनिक गरेको ट्रफीको सबैभन्दा माथि एउटा ढुंगा देखिन्छ । यही ढुंगाले सामाजिक सञ्जालमा चर्चा कमाइरहेको छ ।

किन राखियो ट्रफीमाथि ढुंगा ?

क्यानका अनुसार, ट्रफीमा राखिएको ढुंगा सगरमाथा क्षेत्रस्थित कालापत्थरको हो । क्यानका सचिव पारस खड्काले नेपालको प्राकृतिक सम्पदाको संरक्षण गर्न ट्रफीमा ढुंगा राखिएको प्रस्ट पारे । उनले यो ट्रफीले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।“सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको ढुंगा यस ट्रफीको मुख्य आर्कषणको रूपमा रहेको छ । एनपीएलको ट्रफीले नेपालको प्राकृतिक सम्पदाको प्रवर्द्धन गर्दै पर्यटनमा सहयोग पुर्‍याउने आशा राखेका छौँ,” उनले भने, “यसले हाम्रो प्राकृतिक सम्पदाको संरक्षण गर्न झकझक्याउनेछ ।”

निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थर क्षेत्रबाट उक्त ढुंगा ल्याएका हुन् । सचिव खड्काले उक्त पत्थर ल्याउन सहयोग गरेकामा यी दुई पर्वतारोहीप्रति धन्यवाद व्यक्त गरे ।काठमाडौंको धरहरा परिसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको ट्रफी अनावरण गरेका थिए । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका अध्यक्ष चतुरबहादुर चन्दसँगै प्रतिस्पर्धी आठै टिमका मार्की खेलाडी समेत उपस्थित थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर