
प्रतिकात्मक तस्बिर


सर्लाही- सर्लाहीको बलरा नगरपालिका –९, अचलगढमा मङ्गलबार बिहान खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।
सोही ठाउँका ४० वर्षीय रुसतम साहको दुुर्घटनामा मृत्यु भएको हो । अनटेष्ट ट्याक्टर अनियन्त्रित भइ पल्टिँदा चालक साह च्यापिनु भएको थियो ।

उहाँलाई तत्काल स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र अचलगढ ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।
Views: 21


