



सौराहामा हामीले दुई दशक अघि देखि आयोजना गर्दै आएको यस महोत्सवले सौराहा सहित चितवनमा पर्यटक आगमनमा वृद्धि गर्न सफल भएको र गन्तव्यलाई विश्वसामु परिचित गराउन थप योगदान गरेको महसुस गर्दै रोकिएको महोत्सवलाई पुन सञ्चालनमा ल्याएका हौं । महोत्सवको कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको छ । महोत्सवमा हुने गतिविधिले पर्यटन विकासको अलवा हात्तीको महत्व समेत उजागर गर्दै आएको छ । अर्न्तराष्ट्रिय स्तरमा महत्व राख्ने चितवन हात्ती तथा पर्यटन महोत्सवको आफ्नै गौरवशाली इतिहास रहेका छ । साथै यहाँहरुको सहयोगले गर्दा नै हामी १८औं संस्करण सम्म पुग्न सफल भएको पनि यस पत्रकार सम्मेलन मार्फत जानकारी गराउछौं । हात्ती महोत्सवलाई सफल बनाउन तीनै तहका सरकार सहित वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पर्यटन बोर्ड र चितवन राष्ट्रिय निकुञ्जको अतुलनीय सहयोग प्रति आभारी छौं ।



साथै प्लाष्टिकजन्य पदार्थहरुलाई पनि निरुत्साहित गर्दै डिजिटल प्रविधिबाट कार्यक्रमहरुको प्रवर्द्धन गर्ने प्रयास गरिरहेको समेत जानकारी गराउदछौं । यहाँका बहुल जाती, बहुभाषा र कला सँस्कतिको प्रवर्द्धन गर्दै भाविष्यको संरक्षण गर्नु पनि महोत्सवको विशेषता हो । चितवन हात्ती तथा पर्यटन महोत्सवले विगत देखि नै अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटन विकासमा सघाउ पुरÞ्याउदै आएको सर्वविदितै छ, भने यस महोत्सवले अगामि दिनमा अझ थप उर्जा प्रदान गर्ने कुरामा हामीहरु आशावादी छौं । महोत्सव अन्तर्गत हुने उल्लेखित विभिन्न गतिविधिमा निजी स्तरमा सञ्चालित र सरकारी स्वामित्वमा रहेका गरी ८० वटा हात्ती सहभागी हुनेछन् ।।

