Aamsanchar

सुन-चाँदीको मूल्य

Author Image
बुधवार, मंसिर १२, २०८१

काठमाडौं – स्थानीय बजारमा सुन-चाँदीको मूल्य फेरि उकालो लागेको छ। दुईदिन (सोमबार र मंगलबार)निरन्तर ओरालो लागेको सुन-चाँदीको मूल्य आज फेरि बढेको हो।

नेपाल-सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ९ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको हो। मंगलबार प्रतितोलामा २६ सय रुपैयाँ र सोमबार करिब १६ हजारले घटेको थियो।

सरकारले भन्सार दर घटाएपछि स्थानीय बजारमा सुन-चाँदीको मूल्य ओरालो लागेको थियो। आज फेरि बढेको हो। सुनको भन्सार दर २० बाट १० प्रतिशत कायम गरिएको छ। यसअघि सुन आयातमा सरकारले २० प्रतिशत कर लिँदै आएको थियो। यसैगरी चाँदीको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झरेको छ।

 

यसैगरी आज चाँदीको भाउ पनि बढेको छ। १० रुपैयाँले बढेर प्रतितोला चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार एक तोला चाँदीको मूल्य १ हजार ८२० रुपैयाँ कायम भएको थियो।

Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२