विराटनगर – मोरङको धनपालथान गाउँपालिका–३ नुनिया टोलको पोखरीमा बुधबार बिहान एकजना महिलाको शव भेटिएको छ । प्रहरीका अनुसार भारतको मोजफरपुर घर भएकी ३५ वर्षीया पुनिता झाको शव बिहान १०: ४५ बजेतिर सार्वजनिक पोखरीमा भेटिएको हो । भारतको मोजफरपुर घर भए पनि उनी केही समयदेखि परिवारसहित धनपालथान–६ स्थित माइतीमा बस्दै आएकी थिइन् । डुबिरहेको अवस्थामा देखेर स्थानीयले पोखरीबाट बाहिर निकालेका थिए ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएर इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ । अनुसन्धानपछि घटनाका बारेमा विस्तृत जानकारी हुने जानकारी प्रहरीले दिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 13