Aamsanchar

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान, बीआरआईबारे एमाले र कांग्रेसबीच कुनै विवाद नरहेको जिकिर

Author Image
बिहिवार, मंसिर १३, २०८१

काठमाडौं – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआईबारे सत्तारुढ दल एमाले र कांग्रेसबीच कुनै विवाद नरहेको स्पष्ट पारेकी छन्। बिहीबार चीन उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणाले चीन र नेपालबीचको आपसी समझदारीमा बीआरआई कार्यान्वयन हुने बताइन्। उनले भनिन्, ‘बीआरआई कार्यान्वयनबारे बाहिर आएजस्तो दलहरूबीच कुनै विवाद छैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ देखि हुने चीन भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा बिहीबार त्यसतर्फ प्रस्थान गरेकी हुन्। भ्रमणका क्रममा मन्त्री डा .राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भोलि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मन्त्री राणाले प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला उठाउनुपर्ने मुद्दाका बारेमा विदेशमन्त्री यीसँग छलफल गर्नेछिन्। मन्त्री राणा १५ मंसिरमा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग पुनस्चीन जाने परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनले बीआरआई परियोजना कार्यान्वयनका लागि नेपाल सरकारसँग तीव्र लविङ गर्दै आएको छ। तर,सत्तारुढ दलबीच एमाले र कांग्रेसबीच ऋणमा बीआरआई परियोजना स्वीकार्नेबारे सहमति जुट्न सकेको छैन। परराष्ट्र मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले विदाइ गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 33

प्रतिक्रिया (०)