Aamsanchar

सुनको भाउ बढ्यो

Author Image
शुक्रवार, मंसिर १४, २०८१

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार ६ सय रुपैयाँले बढेको छ । आज सुन तोलामा १६ सय रुपैयाँले बढेर एक लाख ५० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ४९ हजार ३ सय रुपैयाँ भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ४५ रुपैयाँले बढेर तोलाको एक हजार आठ सय ४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्यमा गिरावट
शुक्रवार, माघ २३, २०८२
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२