![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/mausam-template_3-6-13.jpg)
काठमाडौं – देशभरको मौसम अहिले मुख्यतया सफा छ। तराईका केही स्थानमा हुस्सु लागेको छ । दिउँसो भने मौसममा सुधार भई खुल्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए।
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम भने बढेको छ । शनिबार बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ८।५ डिग्री सेल्सियस मापन भएको झाले बताए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 55