Aamsanchar

मोरङको ग्रामथानमा अहिलेसम्म ६३ प्रतिशत मत खस्याे

Author Image
आइतवार, मंसिर १६, २०८१

विराटनगर – मोरङको ग्रामथान गाउँपालिकामा दिउँसो ३ बजेसम्ममा ६३ प्रतिशत मत खसेको छ। मतदान गर्नेमा पुरुषभन्दा महिला धेरै छन्। पुरुषभन्दा झन्डै १ हजार बढी महिला मतदानमा सहभागी भएका हुन्। ग्रामथानमा १२ मतदानस्थल र २९ मतदान केन्द्र छन्। अहिलेसम्म १६ हजार ४ सय ८२ मत खसेको छ। मतदान गर्नेमध्ये ८ हजार ७ सय १२ जना महिला र ७ हजार ७ सय ७० जना पुरुष रहेका हुन्।

ग्रामथानमा २६ हजार ४४ मतदाता छ। मतदाताको संख्या भने पुरुषको बढी छ। मतदातामध्ये १३ हजार ४१ महिला र १३ हजार ३ पुरुष रहेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म ६३ प्रतिशत मतदान भइसकेको छ। विभिन्न मतदान केन्द्रमा अहिले पनि शान्तिपूर्ण रूपमा मतदान जारी रहेको कार्यालयले जनाएको छ।

मतदानस्थलमध्ये ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा ५ सय ८७, लखन्तरीस्थित वीरेन्द्र माविमा १ हजार ७ सय ६३, ग्रामथान–२ झोराहाटस्थित सरस्वती माविमा १ हजार २ सय ९५, वडा कार्यालयमा १ हजार ४ सय ९, ग्रामथान–३ को सिद्राहास्थित वाणी माविमा १ हजार ६१ र भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा ९ सय २५ मत खसेको छ।

 

त्यस्तै, ग्रामथान–४ को मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा १ हजार १ सय ९२, लोहासुरस्थित महेन्द्र माविमा १ हजार ३ सय १३, ग्रामथान–५ को तेतरियास्थित देवी माविमा २ हजार ७ सय ५४, ग्रामथान–६ को रविहाटस्थित पब्लिक माविमा २ हजार २ सय ८४, ग्रामथान–७ को धोवियारेस्थित गणेश माविमा १ हजार ३ सय ४५ र बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा ५ सय ५४ खसेको छ।

पालिका अध्यक्ष चयनका लागि ग्रामथानमा उपनिर्वाचन भरहेको हो। साँझ ५ बजेसम्म मतदान जारी रहने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर