काठमाडौंं – उपनिर्वाचनअन्तगर्तको मतदानका लागि निर्धारण गरिएको समय सकिएको छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।
मतदानमा करिब ६२ प्रतिशत मत खसेको आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।“मतदान शान्तिपूर्णरूपमा सम्पन्न भएको छ । अहिलेसम्म करिब ६२ प्रतिशत मत खसेको विवरण आएको छ । सबै विवरण रुजु गर्न बाँकी छ,” उनले भनिन् ।
उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् ।
आइतबार नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र ३३ वडाध्यक्ष गरी ४१ पदमा उपनिर्वाचन भएको हो ।
अधिकांश वडाहरूको मतपरिणाम आज राति १२ बजे नै आइसक्ने गरी गणना गरिने आयोगले जनाएको छ । एकमात्रै मतदान केन्द्र रहेका वडाको मतपेटिका अन्यत्र नलगी गणना हुनेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 63