Aamsanchar

पर्खिने र हेर्ने छुट राप्रपालाई छैन, अब मुलुकको नेतृत्व लिने समय आयाे : लिङ्देन

Author Image
आइतवार, मंसिर १६, २०८१

झापा  – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने बताएका छन्।

आइतवार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका छन्।

उनले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको बताए। उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै अब मुलुकको नेतृत्व लिने समय आएको बताए।

उनले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दावी गरे।

उनले नेपाली कांग्रेस—नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरु खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए।

सरकारका प्रधानमन्त्री र मन्त्रीहरु चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको बताए। कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) कै क्रियाकलापबाट उनीहरु जनताको नजरमा अलोकप्रिय भएको भन्दै उनले जनताले अब तीनवटै पार्टीलाई पूर्ण रुपमा चिनेको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)