Aamsanchar

रास्वपाको स्थानीय तह उपनिर्वाचन परिणाम निराशाजनक

Author Image
सोमवार, मंसिर १७, २०८१

काठमाडौं। प्रतिनिधि सभाको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो पटक स्थानीय तह उपनिर्वाचनमा भाग लिँदा अपेक्षा अनुसारको परिणाम हासिल गर्न सकेन।

काठमाडौँ महानगरपालिका–१६ मा रोजिना श्रेष्ठले २,९०२ मतसहित वडा अध्यक्ष पद जिते पनि अन्यत्र प्रदर्शन कमजोर रह्यो। महोत्तरीको रामगोपालपुर–२ मा उम्मेदवार सुरसैद खाँले जम्मा ४ मत पाउँदा, रुकुमको मुसिकोट–१ मा ४३ र रौतहटको ईशनाथ–७ मा ६ मत प्राप्त भयो।

अन्य स्थानमा पनि ५० भन्दा कम मत पाउने उम्मेदवारको संख्या उल्लेख्य रह्यो। ग्रामथान गाउँपालिकामा नविनकुमार विश्वास खवासले ३७५, भीमदत्त–६ मा रामदत्त भट्टले २१८, र त्रियुगा–१२ मा ध्रुवप्रसाद पोखरेलले २०२ मत पाएका छन्।

समग्रमा, रास्वपाको पहिलो स्थानीय तह निर्वाचन सहभागिता कमजोर रह्यो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 62

प्रतिक्रिया (०)

सम्बन्धित खबर