Aamsanchar

नेपाल–चीन बिच भैँसीको मासु निर्यातका लागि समझदारी पत्रमा हस्ताक्षर

Author Image
मङ्गलवार, मंसिर १८, २०८१

झापा । नेपाल र चीनबिच भैँसीको तयारी मासु निर्यातसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भैँसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर भएको छ । यो हस्ताक्षरपछि चीनले नेपालबाट मासु आयात गर्ने बाटो खुलेको छ ।

यसअघि तत्कालीन प्रधानमन्त्री प्रचण्ड चीन गएको बेला चीनले नेपालबाट भैँसीको मासु आयात गर्ने समझदारी गरेको थियो । नेपालले सबै मापदण्ड पुरा गरेपछि अब चीनले नेपालबाट भैँसीको मासु आयात गर्ने भएको हो ।

भ्रमण दलमा रहेका परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल–चीन व्यापार अभिवृद्धि सम्बन्धी सम्झदारीपत्रमा पनि दुवै पक्षको बिचमा हस्ताक्षर भएको हो ।
त्यस्तै अरु विभिन्न समझदारी भएका छन् ।

यि हुन समजदारी भएका विषयहरु

टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
विकास योजना सम्बन्धी समझदारी पत्र
आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बिच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर