Aamsanchar

बिर्तामोडमा ‘यौन मनोविज्ञान र प्रेम’ विषयक प्यानल डिस्कसन तथा गजल साँझ आयोजना हुने

Author Image
मङ्गलवार, मंसिर १८, २०८१

बिर्तामोड । झापा बिर्तामोडमा रहेको वीरता लेडी जेसीजको आयोजनामा यही मंसिर २१ गते साहित्यिक कार्यक्रम सम्पन्न हुने भएको छ । कार्यक्रममा ‘यौन मनोविज्ञान र प्रेम’ विषयमा प्यानल छलफल र गजल साँझ आयोजना गरिने छ ।

प्यानल छलफलमा प्रख्यात कवि तथा साहित्यकार मनु मञ्जिल, मुनाराज शर्मा र मिश्र बैजयंती वक्ताका रूपमा सहभागी हुनेछन् । आज (मंगलबार) जेसीज सचिवालयमा आयोजित पत्रकार भेटघाटमा वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले कार्यक्रमबारे जानकारी दिएकी हुन ।

साहित्य साँझमा विभिन्न विधाका साहित्यिक कृतिहरू प्रस्तुत गरिनुका साथै कलाकार, स्रष्टा र श्रोताबीच संवादको वातावरण सिर्जना हुन्छ । यस्तो आयोजनाले संस्कृतिका विविध पक्षलाई एकतामा बाँध्ने माध्यमका रूपमा काम गर्दछ । जसले श्रोता तथा पाठकलाई गहिरो प्रभाव पार्न सक्छ। यस प्रकारका प्रयासले भाषा, कला, र संस्कृतिलाई नष्ट हुनबाट जोगाउँदै, नयाँ पुस्तालाई त्यसको महत्त्वबारे जानकारी दिने मार्ग प्रशस्त गर्ने अध्यक्ष ओलीको भनाइ छ ।

कार्यक्रमको दोस्रो चरणमा गजल साँझ हुनेछ, जसमा झापाकी गजलकार सिन्दु निरौलाले एकल गजल प्रस्तुति दिने ‘सहारा साहित्य साँझ’ आयोजक समिति संयोजक एलिना रिजाल ढकालले बताइन ।

कार्यक्रमको आर्थिक पक्ष सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहयोग गर्नेछ । सहाराले यस कार्यक्रमका लागि रु. १ लाख रुपैया प्रदान गर्ने जानकारी दिइएको छ । वीरता जेसीज र सहारा नेपालबीच विगत तीन वर्षदेखि सहकार्य रहँदै आएको छ ।

यस साहित्यिक कार्यक्रमलाई झापाका प्रतिष्ठित साहित्यकार तथा पत्रकार लीला अनमोलले सहजकर्ताका रूपमा सहजीकरण गर्नेछिन् ।

पत्रकार भेटघाट कार्यक्रममा प्रमुख अतिथि राधा सुब्बाले कार्यक्रममा शुभकामना दिँदै साहित्यिक कार्यक्रमको महत्वबारे प्रकाश पारिन् । पूर्व अध्यक्ष पार्वता विमली र निवर्तमान अध्यक्ष संगीता गिरीले पनि आफ्नो धारणा व्यक्त गरेका थिए । यो कार्यक्रम साहित्यिक वृत्तमा ठूलो चासोको विषय बनेको छ ।

कार्यक्रमको सञ्चालन महासचिव मुना ढुङ्गेलले गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर