Aamsanchar

सुन्तला महोत्सवकाे तयारी

Author Image
बिहिवार, मंसिर २०, २०८१

काठमाण्डौ – पाल्पामा सुन्तलाखेती प्रवर्द्धन गर्न रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाको आयोजनामा यही मङ्सिर २२ पर्सि शनिवार र २३ गते आइतवार सुन्तला महोत्सव हुने भएको छ ।

महोत्सव सञ्चालनका लागि रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाले पाँच लाखका दरले १० लाख रुपैयाँ प्रदान गरेका महोत्सव आयोजक समितिका संयोजक दानबहादुर कुँवरले जानकारी दिनुभयो । महोत्सव सुन्तलाको बजार, प्रविधिबारे बुझ्ने र सीप सिक्ने अवसर हुने उहाँले बताउनुभयो ।

सुन्तलाका दाना, जुस, जाम तथा अन्य वस्तु महोत्सवमा प्रदर्शन गरिने छ । रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका पाँच सय बढी किसानले व्यावसायिक रूपमा सुन्तलाखेती गर्दै आएका छन् । उनीहरूले गएको वर्ष ४६ करोड रुपैयाँको सुन्तला बेचेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यसैबीच रामेछापमा सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताउनुभयो ।

आफूले ५० रोपनी जग्गामा लगाएको सुन्तला गएको वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको उहाँको भनाइ छ । दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेका अर्का कृषक भरत वाइबा पनि आफूले तर बजार नपाएकाले समस्या भएको बताउनुहुन्छ ।

अघिल्ला वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला एक सय रुपैयाँमा बिक्री वितरण हुने गरेपनि यस वर्ष प्रतिकेजी ७५र८० रुपैयाँमै दिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर