काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्स लगातार तेस्रो खेलमा पनि विजयी भएको छ । आज भएको खेलमा पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुरले अपराजित यात्रा कायमै राखेको हो ।
पोखराले दिएको एक सय ३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै तीन विकेट गुमाएर भेटायो । जनकपुरका विदेशी खेलाडी लाहिरु मिलान्थाले ४५, आशिफ शेखले ३३ र जेम्स निशमले नटआउट ४० रन बनाए । पोखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले एकरएक विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३८ रन बनायो । पोखराका मार्कस क्रिचलीले सर्वाधीक ३५ रन बनाए । जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिए ।
पोखराको आज लगातार दोस्रो हार हो । जनकपुर ट अङ्कसहित शीर्ष स्थानमा छ । अङ्कको खाता खोल्न नसकेको पोखरा पुछारमा छ । एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे काठमाण्डौ गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दैछन् ।
यसैबीच रामेछापमा सुन्तलाले बजार नपाउँदा किसान सस्तो मूल्यमा बिक्री गर्न बाध्य छन् । मन्थली नगरपालिका–१४ फुलासीमा व्यावसायिक रूपमा एक हजार आठ सय रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलाले बजार पाउन नसकेकको स्थानीय सुन्तला कृषक तुलबहादुर तामाङले बताउनुभयो ।
आफूले ५० रोपनी जग्गामा लगाएको सुन्तला गएको वर्षदेखि राम्रो उत्पादन हुन थाले पनि बजारको सुविधा नभएकाले सस्तोमा बिक्री गर्नुपरेको उहाँको भनाइ छ । दुई हजार बोट सुन्तला लगाएर उत्पादन गरिरहेका अर्का कृषक भरत वाइबा पनि आफूले तर बजार नपाएकाले समस्या भएको बताउनुहुन्छ ।
अघिल्ला वर्षमा बगैँचाबाटै प्रतिकेजी सुन्तला एक सय रुपैयाँमा बिक्री वितरण हुने गरेपनि यस वर्ष प्रतिकेजी ७५/८० रुपैयाँमै दिनुपर्ने बाध्यता रहेको किसानले बताएका छन् ।