काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सले पावरप्लेमा खराब सुरुआत गरेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १३४ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले ६ ओभरको समाप्तिमा तीन विकेट गुमाएर ३६ रन बनाएको छ । विराटनगरले पावरप्लेमा ओपनरद्वय मार्टिन गप्टिल र लोकेश बमसँगै अकिब इल्यासलाई गुमाएको हो ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो ।
प्रतियोगितामा दुवै टिम आज दोस्रो जितको खोजीमा छन् । यी दुवै टिमले यसअघि समान तीन खेल खेल्दा दुईमा हार र एकमा जित निकालेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 55