पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टका सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा अनुसन्धान गर्न थप ४ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
यसअघिको म्याद सकिएपछि प्रहरीले आइतबार बिहान लामिछानेलाई अदालत पेस गरेको थियो । सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा अनुसन्धान नसकिएकाले उनीमाथि म्याद थप भएको हो।
सहकारीको रकम गोरखा मिडियाबाट अपचलन गरेको भन्दै प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो। लामिछानेविरुद्ध किर्तेसहित संगठित अपराधमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 28