Aamsanchar

उत्तरी धुव्रमा चिसो बढेपछि कञ्चनपुरको पुरैनी तालमा कलहाँस आइपुगे

Author Image
सोमवार, मंसिर २४, २०८१

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–६ मा रहेको पुरैनी तालमा प्रवासी पन्छी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्रमा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपन्छीका प्रजाति आइपुग्छन् ।

विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसवर्ष भने ढिलो गरी हिजो मात्रै ताल क्षेत्रमा आइपुगेका हुन् । चालिसभन्दा बढीको सङ्ख्यामा कलहाँसको झुण्ड आइपुगेको हो । घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ ।

यसको तौल तीनदेखि पाँच किलोसम्म हुने गर्दछ । सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, पङ्खको रङ खैरो हुने कलहाँस जलपन्छीमा सुुन्दर पन्छीका रुपमा रहेको चरा संरक्षणकर्मी सुवन चौधरीले बताउनुभयो ।

तालमा यसअघिनै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँसलगायत पुगेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर