हामि अहिलेको क्षण एउटा पुस्ता परिवर्तनको क्षणमा छौं । अबको युग प्रबिधि मैत्री र प्रबिधि आवस्यक बन्दै गैरहेको छ । आजको डिजिटल युगमा मोबाइल फोन बालबालिकाहरूको दैनिकीको अभिन्न हिस्सा बनेको छ। अरु लम्बाई चौडाई कुरा नगरी अहिलेका अभिभावको गुनासो तथा परिवर्तनसिल युगको जल्दो बल्दो बिसयमा कुरा गरौ । विशेषतः टिकटक, युट्युब शर्ट्स, फेसबुक रिल्स जस्ता छोटा भिडियो प्लेटफर्महरूले बालबालिकाहरूको ध्यान तानिरहेका छन्। यस्ता भिडियोहरूले मनोरञ्जनको सहज पहुँच दिए पनि बालबालिकाहरूको मानसिक र भावनात्मक स्वास्थ्यमा गम्भीर असर पारिरहेको महसुस गर्न सकिन्छ ।
छोटा भिडियोहरूको प्रमुख विशेषता ती छोटो समयमा नै ध्यान आकर्षित गर्ने खालका हुन्छन्। हामि आफैले महसुस गर्न सकछौ कि हामी घन्टौ सम्म टिकटक या भनौ युटुब शर्ट्स हेर्छौ तर अन्तयमा खास के हेर्यौ र के सिक्यौ भन्ने कुरा प्रस्ट व्यक्त गर्न सक्दैनौ । यस्ता सामग्रीहरू हेर्दा बालबालिकाहरू क्षणिक मनोरञ्जनमा रमाउँछन्। यसले उनीहरूमा धैर्यता, एकाग्रता, र गहिरो सोच्ने क्षमतामा कमी ल्याउँछ। बालबालिकाहरू लामो समयसम्म अध्ययन गर्ने वा कुनै गहिरो काममा ध्यान केन्द्रित गर्न नसक्ने, चाडो रिसाउने, बोलाउदा पनि सुनिरहेका छन् भने सुन्या नसुनै गरिदिने, जस्ता यावत समस्यामा परिरहेका छन्।
विशेषज्ञहरूको भनाइ अनुसार छोटा भिडियोहरूमा प्रयोग हुने चम्किला दृश्य, आकर्षक ध्वनि, र छिटो(छिटो परिवर्तनले बालबालिकाहरूको दिमागलाई स्थायी रूपमा प्रभावित गर्छ। यस्ता सामग्रीले उनीहरूलाई सतही सोच र क्षणिक आनन्दमा रम्न अभ्यस्त बनाउँछ। जसका कारण, समस्या समाधान गर्ने, नयाँ कुरा सिक्ने, वा धैर्यपूर्वक काम गर्न सक्ने क्षमतामा कमी आउँछ।
धैर्यताको अभावले गर्दा बालबालिकाहरू सानोतिनो कुरामा पनि छिटो रिसाउने प्रवृत्तिमा फसिरहेका छन्। उनीहरूले सामाजिक सम्बन्धहरूमा पनि समस्याहरू सामना गर्नुपरेको छ। सानो नकारात्मक प्रतिक्रियाले उनीहरूलाई मानसिक तनाव दिन्छ। यसरी, डिजिटल माध्यमले बालबालिकाहरूको व्यवहारलाई अस्वस्थ बनाउँदै लगेको छ। तपाइँ हामि धेरैलाई थाहै छ कि हामी आफ्ना नानिबाबुहरुलाई स्मार्टफोन दिन्छौ, खास गरि साना बालबालिकाहरु खाना खान मानेनन् भने हातमा मोबाइल थमाएर ख्वाउछौ । यसो गर्दा बालबालिकाहरुलाई आफुले के खादै छु भन्ने न त ज्ञान हुन्छ, न त त्यसको स्वाद लिएर खानै सकेका हुन्छन । यो कुरा हामीले सहजै बुझ्न सकछौ । हामीलाई थाहा छ कि ध्यान दिएर गरेको कुरा मात्र प्रभावकारी हुन्छ । अब आफै सोच्नुहोस कि खाना, पढाइ या कुनै काम गर्दा ध्यान छैन भने त्यो प्रभावकारी होला या नहोला ?
खास गरि मोबाइलमा लामो समय बिताउँदा बालबालिकाहरूको शारीरिक गतिविधिमा कमी आउँछ। यसले मोटोपन, आँखा कमजोर हुने, र निद्राको समस्या सिर्जना गर्न सक्छ भन्ने कुरा धेरै चिकिस्सक हरुले व्यक्त गरेको पाउछौ । यस्तै, सामाजिक सम्बन्धहरूमा पनि प्रभाव परिरहेको छ। आज भोलि कतिपय घर परिवारमा परिवारका सदस्य हरु बीच महत्वपूर्ण कुरामा समेत राम्रो संग बातचित भएको पाइदैन । धेरैजसो आफन्त या पाहुना आउँदा समेत लामो समय त मोबाइल चलाएरै बितेको पाइन्छ । मोबाइलमा परिवारकै ठुला सदस्य र अभिभावक अत्यधिक निर्भरता बढ्दा बालबालिकाहरू परिवारका सदस्यहरूसँग कम समय बिताउँछन्। उनीहरू साथीहरूसँग खेल्ने वा सामाजिक गतिविधिमा सहभागी हुनेभन्दा एक्लोपनमा रमाउँछन्।
बालबालिकाहरूलाई यस्ता समस्या समाधान गर्न अभिभावक र शिक्षकहरूको भूमिका महत्वपूर्ण हुन्छ। अभिभावकले समयमै डिजिटल उपकरणको प्रयोगमा सीमा तोक्नुपर्छ। बालबालिकाहरुको अगाडी बसेर आफुले मोबाइल चलाउने भन्दा केहि नया शिप सिकाउने, आफु पनि पठन पठान गर्ने या बालबालिका हरुसग गफ गरेर समय दिएर उनीहरुलाई व्यवहारिक ज्ञान दिन सकिन्छ । सानै उमेरदेखि नै उनीहरूलाई पुस्तक पढ्ने, चित्र बनाउन सिक्ने, वा बाहिरी खेलकुदमा सहभागी गराउने बानी बसाल्नुपर्छ। यसले उनीहरूको सिर्जनशीलता र शारीरिक स्वास्थ्यलाई मजबुत बनाउँछ।
विद्यालयहरूले पनि यस्ता समस्याहरू समाधान गर्न भूमिका खेल्न सक्छन्। डिजिटल माध्यमका सकारात्मक पक्षहरूलाई उपयोग गर्दै शिक्षालाई प्रविधिमैत्री बनाउन सकिन्छ। शिक्षण सामग्रीलाई रोचक बनाउन युट्युब वा अन्य प्लेटफर्मको सकारात्मक प्रयोग गरिन्छ भने बालबालिकाहरूले डिजिटल उपकरणको सही उपयोग गर्न सिक्छन्।
छोटा भिडियोहरूले मनोरञ्जनको नयाँ माध्यम सिर्जना गरे पनि यसले बालबालिकाको मानसिक, शारीरिक र सामाजिक जीवनमा गम्भीर असर पारेको छ। बालबालिकाहरूको जीवनलाई सन्तुलित बनाउन अभिभावक, शिक्षक, र समाजका सबै तहले संयुक्त प्रयास गर्नुपर्छ। उनीहरूलाई प्रविधिको सही उपयोग सिकाउँदै, धैर्यता र एकाग्रता बढाउने बानी बसाल्न आवश्यक छ। यसो गर्न सकियो भने मात्र डिजिटल युगका चुनौतीहरू सामना गर्दै सकारात्मक भविष्य निर्माण गर्न सकिनेछ।