Aamsanchar

सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान जारी, कार्यकर्ता प्रदर्शनमा

Author Image
मङ्गलवार, मंसिर २५, २०८१

काठमाडौं –रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले पर्सामा विरोध प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका समर्थकले मंगलबार पर्साको वीरगन्जमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजनीतिक प्रतिशोधविरुद्ध प्रदर्शन गरिएको बताएका छन् । प्रदर्शनमा सहभागीहरूले ´रवि लामिछानेलाई न्याय दे, जनता झुक्याउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गरुलगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयानका लागि लामिछानेलाई सोमबार नै पर्सा पुर्‍याइएको थियो ।

सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 20

प्रतिक्रिया (०)