झापा – ताप्लेजुङको काबेली खोलामा नुहाउने क्रममा ६ दिनदेखि बेपत्ता एक पुरुषको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोरले घटनास्थलभन्दा करिब ५० मिटर परबाट मृतक राजेन्द्र बुढाथोकीको शव ७० फिटको गहिराइबाट निकालेको हो ।
ताप्लेजुङ जिल्लाको सिरिजंघा गाँउपालिका–५ स्थित काबेली खोलामा नुहाउने क्रममा सोही गाँउपालिका–५ स्थित पेदाङका ४५ वर्षीय बुढाथोकी मंसिर १९ गते बेपत्ता भएका थिए । उनको शव खोलाको दहमा बालुवाले पुरिएको अवस्थामा आज ९मंगलबार० गोताखोरले फेला परेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोर तथा विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षा फौज मंसिर १९ गते नै उनको खोजीकार्यमा निरन्तर खटिएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 20