Aamsanchar

बालिकालाई पटक पटक बलात्कार गरेको आराेप लागेका बिर्तामोडका पुर्व मेयरलाई ४ दिन हिरासतमा राख्न अनुमति

Author Image
मङ्गलवार, मंसिर २५, २०८१

झापा – घरेलु कामदारको रुपमा राखिएकी १७ वर्षीया बालिकालाई पटक पटक जबरजस्ती करणी (बलात्कार) गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई ४ दिन हिरासतमा राख्न झापा जिल्ला अदालतले अनुमति दिएको छ ।

अदालतले शिवाकोटीलाई बलात्कार आरोपमा अनुसन्धान गर्न तत्काललाई चार दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए । यो अवधिमा प्रहरीले प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्नेछ । त्यसपछि अनुसन्धानका लागि थप समय हिरासतमा राख्नलाई फेरि समय माग्नेछ । इलाका प्रहरी कार्यालय अनारमनीले शिवाकोटीलाई सोमबार अपराह्न पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पीडित बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गरिदिने र पढाइदिने शर्तमा उनलाई घरेलु कामदार राखेका थिए ।

बालिकाले सुरुमा इलाका प्रहरी कार्यालय, काँकडभिट्टास्थित महिला सेलका अधिकारीहरूलाई घटनाबारे सुनाएकी थिइन् ।

भारत जान लागेका बेला उद्धार गरिएकी उनले जबरजस्ती करणीबारे बताएपछि काँकडभिट्टा प्रहरीले इलाका प्रहरी कार्यालय अनारमनिमा पठाइदिएको थियो । अनारमनिमा पनि उनले त्यही अनुसारको बयान दिएपछि उनलाई पक्राउ गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर