विराटनगर । मोरङको बेलबारी नगरपालिका(४ स्थित पूर्व–पश्चिम लोकमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।


मंसिर २८ गते साँझ को १ ज ३३९९ नम्बरको म्याजिक भेनले पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएका बेलबारी(४ निवासी ६५ वर्षीय लक्षुराम राईलाई उपचारका लागि कोशी अस्पताल, विराटनगर लगिएको थियो। तर, अस्पतालमा पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि सवारी साधनका चालक मोरङ बेलबारी नगरपालिका(५ निवासी ४२ वर्षीय सूर्यबहादुर माझीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ।

यस घटनाले सडक सुरक्षाको महत्त्व र सावधानी अपनाउनुपर्ने आवश्यकता पुनः उजागर गरेको छ। प्रहरी अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।


यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 66