महिला र पुरुष दुवैका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सुरु भएको यो समावेशी पार्लर ३० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको हो। यसले प्रारम्भमै ६ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ।
द व्युटी वर्ल्डले हरेक फ्रेन्चाइज शाखामा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक अनिवार्य रूपमा राख्नुपर्ने नीति लागू गरेको छ। यसले तालीम मार्फत स्थानीय महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै गुणस्तरीय सेवा प्रदान गर्न सहयोग गरेको छ।
अन्यत्रभन्दा आधा शुल्कमा तालिम उपलब्ध गराउँदै आएको द व्युटी वर्ल्डको लोकप्रियता बढ्दो छ। हालसम्म देशभर ४० जिल्लामा कार्यक्रम सञ्चालन र २६ ठाउँमा फ्रेन्चाइज स्थापना भएको छ।
आर्थिक रूपमा कमजोर तर जेहेन्दार महिलाहरूलाई प्रत्येक वर्ष छात्रवृत्तिमा तालिम प्रदान गर्दै आएको यस संस्थाले महिलाहरूलाई आत्मनिर्भर बनाउन उल्लेखनीय भूमिका खेलेको छ।
झापाको बिर्तामोडमा मुख्यालय रहेको द व्युटी वर्ल्ड विगत तीन वर्षदेखि सञ्चालनमा छ। यस अवधिमा यो संस्थाले रोजगारी सिर्जना र महिला सशक्तीकरणमा ठूलो योगदान पुर्याउँदै समाजमा सकारात्मक प्रभाव पारेको छ।