Aamsanchar

खोरमा पसेर भालुले बाख्रा खान थालेपछि दाङको तुलसीपुरका किसान चिन्तित

Author Image
आइतवार, मंसिर ३०, २०८१

प्रतपकात्मक तस्बिर

तुलसीपुर – दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा खान थालेपछि किसान चिन्तित भएका छन्।

भालुले राति खोरमा पसेर बाख्रा मारिदिने र खाइदिने गरेको किसानले बताएका छन्। त्यहाँ अहिलेसम्म ५ घरका २१ बाख्रा मारिदिएको स्थानीयले बताएका छन्।

स्थानीय निर्मला थापाका ७ वटा, थम्मन विकका ५ वटा, विकास घर्तीका ५ र पोकबहादुर थापाका ४ वटा बाख्रा मारिदिएको छ।

भालुले बाख्रा खोर भत्काउन थालेपछि खाना खाने कोठामा बाख्रालाई राख्ने गरिएको स्थानीय पोकबहादुर थापाले बताए।

“हामीले पालेका बाख्रा भालुले खोरमा गएर मारिदिने गरेको छ”, उनले भने, “अहिले त हामीले खाना बनाउने कोठामा बाख्रा राख्ने गरेका छौँ।”

खुमखानी सोही वडाको विकट क्षेत्र हो। त्यहाँ प्रहरी पोष्ट नहुँदा पनि यसरी असुरक्षित हुनु परेको उनको भनाइ छ।

एक महिनायता भालुले यसरी सताउने गरेको हो। अहिले बाख्रालाई मार्ने गरेको भए पनि मानिसलाई पनि क्षति हुनसक्ने भन्दै यसमा सचेत हुनुपर्ने स्थानीय अगुवा जीतबहादुर थापाले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर