Aamsanchar

आज सुनको भाउ बढ्याे

Author Image
सोमवार, पौष १, २०८१

काठमाण्डौ – आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५० हजार आठ सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजो जस्तै तोलाको एक हजार आठ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 87

प्रतिक्रिया (०)

सम्बन्धित खबर