Aamsanchar

यु–१९ महिला एसिया कप क्रिकेट : नेपालले भारतसँग अङ्क बाँड्याे

Author Image
मङ्गलवार, पौष २, २०८१

काठमाडौँ- मलेसियामा जारी एसिसी यु–१९ महिला एसिया कप क्रिकेटको एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको नेपालले भारतसँग अङ्क बाँडेको छ ।भारतसँग अङ्क बाँडेसँगै नेपाल समूह ‘बी’को शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो ।

भारत र नेपालको समान तीन तीन अङ्क भए पनि नेपाल तालिकाको शीर्षस्थानमा छ । समूह चरणको दोस्रो खेलमा मङ्गलबार नेपालले भारतसँग अङ्क बाँडेको हो । खराब मौसममा कारण खेल प्रभावित भएपछि नेपाल र भारतले अङ्क बाँडेका हुन् ।

टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले भारतलाई ९५ रनको चुनौती दिएको थियो । नेपालले ९ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै ९४ रन बनाएको थियो । नेपालका लागि कप्तान पूजा महतोले ४० बलमा २५ रन बनाउनुभयो । एलिसा यादवले मात्र ९ बलमा २० रन जोड्नुभयो । अन्य कुनै पनि ब्याट्सम्यानले दोरहोरो अङ्कमा रन जोड्न सकेनन् ।

 

भारतका लागि परुनिका सिसोदियाले चार विकट लिँदा अनन्दिता किशोर र मिथिला विनोदले एक एक विकेट हात पार्नुभयो ।

९५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा रहेको भारतले ३।१ ओभरमा बिना विकेट २८ रन बनाएको थियो । त्यही समयमा हावाहुलीले खेल सञ्चालन हुन नसकेपछि दुई देशले अङ्क बाँडेका हुन् ।

समूह चरणको पहिलो खेलमा सोमबार नेपालले पाकिस्तानलाई ६ विकेटले हराउँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । पाकिस्तान लगातार दोस्रो हारसहित बाहिरिएपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।

समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान सहभागी थिए । एसिया कपको समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन् । एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर