काठमाडौं – भानुआटुमा मंगलबारको भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । उद्धार कार्य जारी छ ।
७.३ म्याग्निच्युडको उक्त भूकम्पमा परी २०० जना घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।
शक्तिशाली भूकम्पको धक्काले भवनहरू ध्वस्त भएका छन् । सात दिनका निम्ति ‘आपत्कालीन अवस्था’ लागु गरिएको भानुआटु प्रहरीले जनाएको छ । मानिसको आवतजावतलाई सीमित गर्न यस्तो गरिएको हो ।
भूकम्पको केन्द्रविन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा ५७ किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 25