Aamsanchar

प्रसाईंको दोस्रो बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा

Author Image
बुधवार, पौष ३, २०८१

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुनाविरुद्ध उनका छोरा निराजनले दायर गरेको दोस्रो बन्दीप्रत्यक्षीकरणको रिट बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा परेको छ ।

उनको यसअघिको बन्दीप्रत्यक्षीकरणकै रिट सर्वोच्चले खारेज गरिदिएको थियो । काठमाडौं जिल्ला अदालतले साइबर अपराधबाहेक अर्कोमा म्याद थप गरेपछि निराजनले दोस्रो रिट दर्ता गराएका हुन् ।प्रसाईंविरुद्ध काठमाडौं जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर गरिएको थियो । उक्त मुद्दामा उनी धरौटीमा रिहा हुने आदेशसँगै प्रहरीले संगठित अपराधमा पुनः पक्राउ गरेको थियो ।

प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ र म्याद थप गराएको दाबीसहित छोरा निराजनले मंगलबार अर्को रिट दर्ता गराएका हुन् । यसपटक निराजनको वारेस भएर नारद खवासले रिट दर्ता गराएका छन् ।

प्रसाईं क्यान्सरजस्तो गम्भीर रोगको बिरामी भएको तर राज्यले दुःख दिने नियतले एकपछि अर्को आरोप लगाएर थुनेको भन्दै २४ घण्टाभित्र अदालतमा झिकाएर साधारण तारेखमा रिहा गर्न रिट निवेदनमा आदेश माग गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर