Aamsanchar

चितवन राइनोज नेपाल प्रिमियर लिगबाट बाहिरियो

Author Image
बुधवार, पौष ३, २०८१

काठमाडौं –नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले जित हात पार्दा चितवन राइनोज बाहिरिएको छ। चितवनमाथि कर्णालीले २१ रनले जित हात पारेको हो। चितवनले ९ विकेट गुमाएर १५५ रन बनाएको थियो। चितवनका लागि रवि बोपरा ५३, कप्तान कुशल मल्ल २१, विपिन रावल १८, लुक बेन्स्किन्स १६, अमर रौठेल ९ सन्तोष कार्की ६, रिजन ढकाल ७,सोहेल तान्विर ४, हसन एइसखाइलले एक रन बनाएका थिए।

कर्णालीका लागि जिसद मक्सुद तीन, कप्तान सोमपाल कामी र नन्दन यादव दुई विकेट र विपिन शर्माले एक विकेट लिए। कर्णालीका तीन विदेशी खेलाडी चल्दा कर्णालीले १७६ को विशाल लक्ष्य दिएको थियो।

कर्णालीका लागि जयकिशन कोल्सावाला ५३, विलियम बसिस्टो ५२, जिसन मक्सुद १४, देव खनाल ३ बलमा रन आउट भए भने गुलशन झा र रित गौतम शून्य आउट भए। चितवनका लागि सोहेल तान्विरले दुई, कप्तान कुशल मल्ल, रवि बोपराले समान एक विकेट लिए। दुवै टिमले लिग चरणमा ७ मध्ये ४ खेल जित्दै ८ अंक सहित प्लेअफमा स्थान बनाएका हुन्। लिग चरणमा चितवनले फास्ट बलिङ र आक्रामक ब्याटिङ प्रदर्शन गरेको थियो। कर्णालीले पनि सुरूआती दुई खेल गुमाएपछि शानदार पुनरागमन गर्दै लगातार ४ खेल जितेको थियो।

लिग चरणमा चितवनविरुद्ध कर्णाली विजयी भएको थियो। यो एलिमिनेटर खेल भएकाले पराजित भएको चितवन आज प्रतियोगिताबाट बाहिरिएको छ। विजयी टोलीले पहिलो क्वालीफायरमा हार बेहोर्न टिमसँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर