Aamsanchar

जनकपुरले सुदूरपश्चिमलाई १४० रनको लक्ष्य दियाे

Author Image
बुधवार, पौष ३, २०८१

काठमाडौं – नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङमा आएको जनकपुरले ९ विकेट गुमाएर १३९ रन बनाएको हो।

जनकपुरका लागि जिमी निसम ४५, शुभ कंसकार २६, लाहिरू मालिन्था र हर्ष ठाकर १२, कप्तान आशिफ शेख र अरनिको यादव ११, मोहम्मद महसिन र शेर मल्लले समान ३ रन बनाए भने किशोर महतो दुई रनमा आउट भए।

सुदूरका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले तीन, सैफ जेव दुई, स्कट कुग्गेलेजिन र अविनास बोहरा समान एक विकेट लिए।

जारी प्रतियोगितामा सुदूरपश्चिम बलियो देखिएको छ। लिग चरणको सातमध्ये एउटा खेलमा मात्र पराजय भोगेको सुदूरपश्चिको ब्याटिङ र बलिङ लयमा छ। जनकपुरले लिगको सात खेलमा पाँच जित र दुई हारको नतिजा आत्मसाथ गरेको थियो। सुदुरपश्चिम र जनकपुरबिचको पहिलो क्वालिफायर खेलको विजेता सोझै फाइनलमा पुग्ने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर