रेम प्रसाद खरेलको नेतृत्वमा रहेको यो प्यानलका अधिकांश उम्मेदवारहरू निर्वाचित भएका छन्। यसअघि नै उपसचिव र उपकोषाध्यक्षमा सोही प्यानलका समर्थक कुमार खतिवडा र बालकृष्ण बेडारी निर्विरोध निर्वाचित भइसकेका थिए।
सभापति पदका लागि रेम खरेलले ३९७ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिस्पर्धी सुरेन्द्र बाह्रकोटीलाई १४० मतले पछि पार्दै विजयी भएका छन्। उपसभापति पदमा पुन कुमारी लामिछानेले ३७० मत प्राप्त गरिन् भने विपक्षी तुलसार देवी आचार्यले २७२ मतमा सीमित हुनुप¥यो।
सचिव पदमा लोकतान्त्रिक प्रगतिशीलका नितेश शाहाले विपक्षी खिवराज भट्टराईलाई ७० मतले पराजित गरे। कोषाध्यक्ष पदमा बलराम गिरीले ३४४ मत ल्याउँदै विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी कुशव मैनालीले २९० मत प्राप्त गरे।
सदस्य पदका लागि गठबन्धनका अग्नि शिवाकोटी, राम पोखरेल, मन कुमार शर्मा, र भानु भण्डारी निर्वाचित भएका छन्।
यस निर्वाचनले लोकतान्त्रिक प्रगतिशील प्यानललाई उपशाखाको नेतृत्व प्रदान गर्दै रेडक्रसको गतिविधिमा नयाँ उत्साह थप्ने अपेक्षा गरिएको छ।