Aamsanchar

आजको माैसम

Author Image
शुक्रवार, पौष ५, २०८१

काठमाण्डौ – अहिले देशका धेरै ठाउँमा मौसम मुख्यतया सफा रहेको छ । तराई, खोँच तथा उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक, दुई ठाउँमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहानको समयमा तराई तथा उपत्यकाका केही ठाउँहरुमा हुस्सु लाग्नुका साथै मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै ठाउँहरुमा कुहिरोको समेत लागेकाले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज काठमाण्डौमा हिजोको तुलनामा न्यूनतम तापक्रम थोरैले बढेको छ । जुम्ला, जोमसोम, जिरी, लुक्ला लगायतका हिमाली भेगको न्यूनतम तापक्रम भने माइनसमा पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर
चार स्थानको तापक्रम माइनसमा
शुक्रवार, पौष ५, २०८१
आजको माैसम
मङ्गलवार, पौष २, २०८१
कस्तो हुन्छ आजको माैसम ?
आइतवार, मंसिर ३०, २०८१