Aamsanchar

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, ११ जना घाइते

Author Image
शुक्रवार, पौष ५, २०८१

प्रतिकात्मक तस्वीर । गुगलबाट

नारायणपुर । आज (शुक्रबार) दिउँसो १ः३० बजे घोराही उपमहानगरपालिका वडा नं. १० स्थित घोराही–तुलसीपुर सडक खण्डमा भएको बस र मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख ८१६ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको रा ५ प ६६५४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक ४४ वर्षीय दिलिप के.सी. गम्भीर घाइते भए। उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही पुर्याइए पनि उपचारको क्रममा दिउँसो १ः५५ बजे चिकित्सकले मृत घोषणा गरे।

घटनामा बसमा सवार २२ जना यात्रुमध्ये ११ जना घाइते भएका छन्। घाइतेहरूको विवरण यसप्रकार छः
१) वीरबहादुर डाँगी (२८), जिल्ला रोल्पा, त्रिवेणी गा.पा. ४
२) प्रेम सुवेदी (३१), जिल्ला दाङ, राप्ती गा.पा. ५
३) देवा बि.क. (४५), तुलसीपुर उ.म.न.पा. १७, बेलझुण्डी
४) सीता कुमारी अधिकारी (५४), तुलसीपुर उ.म.न.पा. १६
५) तुलसा खड्का (३८), तुलसीपुर उ.म.न.पा. १९
६) बलबहादुर डाँगी (६०), घोराही उ.म.न.पा. ९
७) साबित्रा बस्नेत (२४), तुलसीपुर उ.म.न.पा. ५
८) रामसिंह चौधरी (३४), तुलसीपुर उ.म.न.पा. ३
९) नरबहादुर वली (३७), तुलसीपुर उ.म.न.पा. १२
१०) सीता विश्वकर्मा (२२), तुलसीपुर उ.म.न.पा. ९
११) दिप परियार (२४), तुलसीपुर उ.म.न.पा. १५

घाइतेहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ। बसका चालक ५३ वर्षीय गोपाल बि.क., घोराही उपमहानगरपालिका वडा नं. १८, फुर्सेखालीका स्थायी बासिन्दा, हाल प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता इश्वर थापाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर