Aamsanchar

हिजाे बाजुरामा गएकाे ५.२ म्याग्निच्युडको भूकम्पले कति क्षति गर्याे ?

Author Image
आइतवार, पौष ७, २०८१

काठमाडौं – बाजुरामा शनिबार बिहान गएको भूकम्पमा परी करिब १५ घर पूर्ण क्षति भएको छ । करिब १५० घरमा आंशिक क्षति भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

सबैभन्दा बढी क्षति भूकम्पको केन्द्रविन्दु रहेको जगन्नाथ गाउँपालिका–५, गोत्री दर्जीटोलमा भएको बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए ।“१५/२० घर पूर्ण क्षति ९भत्किएको० र १५० भन्दा बढी घर आंशिक रूपमा चर्किएका, सामान्य क्षति छ भन्ने विवरण आएको छ,” उनले  भने, “पूर्ण क्षति भएका १५/२० घरमा मान्छे बस्नै नमिल्ने छ ।”

पूर्ण र आंशिक क्षति भएका घरको यकिन संख्या ठ्याक्कै भन्न सकिने अवस्था तत्काल नरहेको उनले बताए । उक्त क्षेत्र दुर्गममा रहेको र सबै ठाउँको स्थलगत अध्ययनको विवरण प्राप्त भइनसकेको उनको भनाइ छ ।

वडा, पालिका, प्रहरी प्रशासनलगायत निकाय उद्धार कार्यमा खटिएका र भूकम्पपछिको आवश्यक कार्य भइरहेको उनले बताए ।

आंशिक क्षति भएकै कतिपय घरमा मानिस बसेका छन् । पूर्ण क्षति भएका घरका परिवारका सदस्य भने कोही खुला जमिनमा, आफन्त, आफ्नै अर्को घर वा गोठमा बसेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुरा प्रहरीले पनि पूर्ण क्षति भएका घरको संख्या १२/१४ हुन सक्ने जनाएको छ । भूकम्प प्रभावित सबै क्षेत्रमा प्रहरी पुगिसकेको छैन । सबै क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेपछि यकिन विवरण भन्न सकिने प्रहरीले जनाएको छ ।

शनिबार बिहान ४ बजेर १४ मिनेटमा बाजुराको गोत्री आसपास केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर