Aamsanchar

बाघ मार्न खाेजेकाे भन्दै २० वर्षीय युवक पक्राउ

Author Image
आइतवार, पौष ७, २०८१

नारायणगढ – बाघ मार्ने प्रयास गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले एक जनालाई पक्राउ गरेको छ ।

निकुञ्जले आइतबार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार पूर्वी नवलपरासीको त्रिवेणी गाउँ पालिका वडा नम्बर १ का २० वर्षीय अमृत न्यौपानेलाई बाघ मार्ने प्रयास गरेको अभियोगमा पक्राउ गरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशराज पन्तले गत कार्तिक २९ गते पक्राउ परेका न्यौपाने माथि अनुसन्धान पूरा भई आइतबार चितवन जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी भई रहेको जानकारी दिनुभयो ।

निकुञ्जले नेपाली सेनाको नयाँ गोरख गढको समन्वयमा न्यौपानेलाई पक्राउ गरेको हो । न्यौपानेसँगै निकुञ्जले तार बरामद गरेको छ । तारलाई पासोका रूपमा प्रयोग गरिएको र त्यसमा बाघको रौँ समेत भेटिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो घटनामा पासो थाप्ने क्रममा अर्का अभियुक्त भने बाघको आक्रमणबाट मृत्यु भएको निकुञ्जले जनाएको छ ।

गत कार्तिक २ गते विनयी त्रिवेणीकै ६० वर्षीय जीतबहादुर थिङ्गलाई बाघले आक्रमणमा गरेर मारेको हो । उनी लामो समय देखि चोरी सिकारमा संलग्न रहेको निकुञ्जको दाबी छ ।

पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा मुद्दा चलाइने तयारी भएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर