Aamsanchar

शेयर बजार दोहोरो अङ्कले घट्याे

Author Image
आइतवार, पौष ७, २०८१

काठमाण्डौ – हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशलमव ५३ अङ्कले घटेर दुई हजार पाँच सय ८३ दशमलव २९ विन्दुमा झरेको छ । अघिल्लो हप्ताको अन्तिम कारोवार दिन अर्थात् गएको बिहीवार पनि नेप्से ३१ अङ्कभन्दा धेरैले घटेको थियो ।

आज जलविद्युत् र उत्पादनबाहेक सबै उपसमूहको शेयर घटेकोमा विकास बैंक उपसमूह दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । यस्तै फाइनान्स, बीमा, व्यापार उपसमूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज सप्तकोशी विकास बैंक र मायाखोला जलविद्युत् आयोजनाको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि सपोर्ट लघुवित्त, बाराही जलविद्युत्, न्यादी जलविद्युत्, सुपरमादी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज कारोबार रकम पनि घटेको छ । बिहीवार चार अर्ब ७६ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज तीन सय १९ वटा कम्पनीका ९१ लाख ८० हजार कित्ता शेयर चार अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुन र चाँदीको मूल्य बढ्यो
आइतवार, पौष ७, २०८१
सुनको मूल्य
शुक्रवार, पौष ५, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, पौष ४, २०८१