Aamsanchar

निगमको विमानमा हङकङबाट काठमाडौं आउने क्रममा अचेत भएका ताप्लेजुङका युवकको मृ*त्यु

Author Image
आइतवार, पौष ७, २०८१

झापा- नेपाल वायुसेवा निगमको विमानमा हङकङ–काठमाडौं यात्राका क्रममा अचेत भएका यात्रुको मृत्यु भएको छ । शनिबार (हिजो) हङकङबाट काठमाडौं आउने क्रममा ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बू अचेत भएका थिए । अचेत लिम्बूलाई अस्पतालले मृत घोषणा गरेको हो ।

निगमको आरए ४१० उडानमार्फत हङकङबाट काठमाडौं आउने क्रममा विमानभित्रै उनी अचेत भएका थिए । अचेत लिम्बूलाई विमानका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

लिम्बूलाई कुनै स्वास्थ्य समस्याका बारेमा त्यसअघि कसैले विमान पक्षलाई जानकारी नगराएको पौडेलले बताए । अचेत लिम्बूलार्ई उपचारका निम्ति सिनामंगलस्थित केएमसी अस्पतालमा पठाइएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर