Aamsanchar

ख्रिष्टमसको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय

Author Image
सोमवार, पौष ८, २०८१

हेटौँडा – मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाई धर्मावलम्बीहरूले पर्व ख्रिष्टमसको अवसरमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ख्रिष्टमसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । इसाई धर्मावलम्वीहरुको उल्लेख्य बसोबास रहेकाले गाउँपालिकामा पुस ९ र १० गते २ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रजकुमार मल्लले जानकारी दिए ।

उक्त अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहनेछन् । उनका अनुसार ख्रिष्टमस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम राख्न जरुरी छ । ख्रिष्टमसले बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा संवृद्ध राक्सिराङ बनाउन प्रेरणा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर