Aamsanchar

६७ जना मानिस बोकेको जहाज काजाकस्तानमा दुर्घटना

Author Image
बुधवार, पौष १०, २०८१

अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटनामा परेको छ । ६७ जना मानिस बोकेको जहाज काजाकस्तानको अक्ताउ क्षेत्र नजिकै दुर्घटनामा परेको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा २५ जना यात्रु बाँच्न सफल भएका र तीमध्ये दुई जनालाई अस्पताल लगिएको काजाकस्तानको आपत्कालीन मन्त्रालयले जनाएको छ । दुर्घटनामा परेको विमानमा ६२ जना यात्रु र पाँच जना चालक दलका सदस्य रहेका थिए । विमान अक्ताउ शहर नजिकै खसेपछि आगलागी भएको खबरमा उल्लेख छ । अहिले विमानमा लागेको आगो निभाइएको अधिकारीहरूले बताएका छन् ।

अजरबैजानको राजधानी बाकुबाट चेचन्यातर्फ उडेको विमान बाक्लो कुहिरोका कारण काजाकस्तानतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दुर्घटनाबारे अजरबैजान एअरलाइन्सले अहिलेसम्म केही बताएको छैन । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर