
औपचारिक कार्यक्रम गरेर सडक एकतर्फी गरिएको थियो ।

बिर्तामोड । बिर्तामोडको हिकोला रोडमा सुरु गरिएको एकतर्फी सडक सञ्चालन व्यवसायीको विरोधपछि दुईतर्फी बनाइएको छ। १० दिनदेखि दुईतर्फी सवारी सञ्चालनमा आएको हो।


ट्राफिक र नगर प्रहरीले यसरी एकतर्फी बनाएका थिए ।


बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा सुरु गरिएको एकतर्फी सडक व्यवसायमा असर परेको भन्दै व्यवसायी एकतर्फी हटाइ दिएका हुन ।

सडकमा साना सवारी साधन मात्र चल्न दिने व्यवस्था यथावत छ। तर, दीर्घकालीन योजना र परामर्शबिनै निर्णय गर्दा ट्राफिक प्रहरी र संघको आलोचना भएको छ।
Views: 29

