Aamsanchar

म्यासेडोनिया पठाइदिन्छु भन्दै १२ लाख ९१ हजार रूपैयाँ ठग्ने पक्राउ

Author Image
शुक्रवार, पौष १२, २०८१

काठमाडौं –  वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राई छिन् । उनलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ९१ हजार रूपैयाँ लिई ठगी गरेको आरोप छ । रकम लिएपछि सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको उनलाई काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)