Aamsanchar

राजकीय सम्मानका साथ भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको अन्त्येष्टि

Author Image
शनिवार, पौष १३, २०८१

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको दिल्लीको कस्मिरी गेटमा रहेको निगमबोध घाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि सम्पन्न भएको छ ।

उहाँको अन्त्येष्टि परिवार, साथीभाइ, सहकर्मी र सरकारी विशिष्ट व्यक्तिको उपस्थितिमा भएको हो । राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले सागरमै पुगेर सिंहको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

कांग्रेस अध्यक्ष मल्लिकार्जुन खडगे, सोनिया गान्धी, राहुल गान्धीले पनि आफ्ना पूर्व नेता र पूर्वप्रधानमन्त्रीप्रति श्रद्धाञ्जली सभा तथा अन्तिम संस्कारको कार्यक्रममा सहभागी हुनुभएको थियो ।

सिख रीतिरिवाजअनुसार सिंहको अन्त्येष्टि गरिएको हो । लामो समय भारतीय राजनीतिमा सक्रिय सिंहको विशेष गरी आर्थिक सङ्कटको समयमा स्थिर नेतृत्व र भारतको अर्थ व्यवस्थाको आधुनिकीकरणमा भूमिका रहेको छ ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर